Online Nepal बिहिबार, बैशाख २७ २०८१

भरतपुर अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा एक -एकजना कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा एक -एकजना कोरोना संक्रमितको मृत्यु


मध्यान्तर
  • आइतबार, असोज १८ २०७७

  • काठमाडौं । चितवनको भरतपुर अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान ६ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई खोकी र श्वासप्रश्वासको समस्या देखिएर अस्पताल भर्ना भएको र  असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यस्तै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा आज उपचाररत एक जना कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगर–१ निवासी २९ वर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको हो ।

    उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । उनले कैलालीको धनगढीस्थित सेती अस्पतालमा अपरेसन नगरी जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । उनी गर्भवती भएदेखि नै रक्तश्राव हुँदै आएको र सुत्केरी भएपछि पनि उच्च रक्तश्राव भएको थियो । त्यसपछि उनको पाठेघरको अपरेसनका साथै ८ पोका होल रगत र ४ पोका प्लेटलेट रगत दिइएको थियो  ।उनलाई कोरोना संक्रमणको आशंकामा  स्वाब परीक्षण गर्दा असोज १४ गते रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो । असोज १५ गते अपराह्न ४ बजे कोहलपुरमा भर्ना हुँदा उनी बेहोस अवस्थामा रहेको र रोगको प्रकृतिअनुसारका सबै उपचार गर्दागर्दै आज बिहान मृत्यु भएको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार