Online Nepal बिहिबार, बैशाख २७ २०८१

कोरोना उपचारमा कुनै कसर बाँकी नराख्न स्वस्थ्यमन्त्री ढकालको निर्देशन 

कोरोना उपचारमा कुनै कसर बाँकी नराख्न स्वस्थ्यमन्त्री ढकालको निर्देशन 


मध्यान्तर
  • मंगलबार, असोज २० २०७७

  • फाइल फोटो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले  चाडपर्वमा हुने भीडभाडले कोभिड–१९ को जोखिम अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल निर्देशकहरुलाई निर्देशन दिएका छन् । कोभिड–१९ विषेश अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गर्दै मन्त्री ढकालले सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिने भन्दै उपचारको लागि आबश्यक सवै उपाय अपनाउन र कुनै पनि नागरिक अस्पतालको गेटबाट फर्किनुपर्ने अवस्था आउन नदिन निर्देशन दिएका हुन् ।

    कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतले भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा उनले जानकारी लिए । छलफलमा २५ जना अस्पतालका निर्देशकको सहभागिता थियो ।

    सो अवसरमा मन्त्री ढकालले सबैको सहयोगले मात्र कोरोना भाइरस  संक्रमण नियन्त्रण गर्न सकिने भएकाले ठोस उपचार नदेखिएको अवस्थामा सावधानीपूर्ण जीवनशैलीका लागि सबैलाई प्रेरित गर्नुपर्ने बताए ।

    उनीहरुले कोभिड–१९ का कारण भोगिरहेका समस्या, अहिले गरिरहेका काम र स्वास्थ्य मन्त्रालयले तत्काल गरिदिनुपर्ने काम लगायतका विषयमा मन्त्रीसँग जिज्ञासा राखेका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार