Online Nepal बिहिबार, बैशाख २७ २०८१

अनशनरत डा.केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ता समिति

अनशनरत डा.केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ता समिति


मध्यान्तर
  • बुधबार, असोज २१ २०७७

  • काठमाडौं । सरकारले २४ दिनदेखि १९औ  पटक अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति गठन गरेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेको वार्ता समिति बनाएको  छ ।चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित विभिन्न माग राख्दै अनशनरत केसीसँग वार्ता गर्न वार्ता टोली गठन गर्न चिकित्सक संघले दिएको ७२ घण्टे अल्टिमेटम बुधबार नै सकिएको थियो ।

    सरकारले वार्ता टोली गठन गरी अनशन तोडाउन पहल नगरेको भन्दै चिकित्सक सं‌घले भोलि असोज २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने निर्णय गरेको थियो ।

    सरकारले चिकित्सक सं‌घको आन्दोलन घोषणा भएको केहीबेरमै  वार्ता टोली गठन गरेको  हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार