Online Nepal शनिबार, बैशाख २२ २०८१

प्रतिगमन भन्ने त्यहि सरकारको नेतृत्व स्विकार्ने

प्रतिगमन भन्ने त्यहि सरकारको नेतृत्व स्विकार्ने


गणेश खड्का
  • मंगलबार, चैत्र १० २०७७

  • सर्वोच्च अदालतले संसद पुनः स्थापना गरिसकेपछि फेरी सरकार बनाउने र गिराउने खेल शुरु भएको छ । जसले असंवैधानिक कदम भनेर सडक आन्दोलन गयो त्यही व्यक्ति र पार्टि अहिले ओलि सरकारसगँ गठबन्धनको कुरा गरिरहेको छ । मधेश केन्द्रित दल जसपा अहिले प्रधानमन्त्री केपी ओलि सँग निरन्तर छलफल र वार्ता गरीरहेको छ । प्रधानमन्त्रीले संबिधानमा हुदैँ नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्दा जसपा लगाएत सबै राजनितिक दलहरु सडक आन्दोलनमा थिए । पछि अदालतले पुनः स्थापना गरेपछि खुशियालि भएका थिए तर अहिले त्यहि ओलि सरकारसगँ सरकारको भागबण्डाको वार्ता चलिरहेको छ । जो व्यक्तिले गलत काम गयो भनेर सोझा जनतालाई सडकमा ल्याएर उफार्ने अहिले आप्नो स्वार्थ पुरा गर्न सबै कुरा माफ गर्ने नि हुन्छ ? यहि हो देशभक्त राजनिति आमजनताले प्रश्न गर्न थालेका छन् । सत्ताको लोभले प्रतिगमन सच्चिएको हुन्छ ?गलतलाई गलत र सहिलाई सहि भन्न सक्नुपर्दछ । अहिले जसपा प्रधानमन्त्री केपी ओलि सगँ निरन्तर छलफलमा जुटेको छ । हिजो आफैले प्रतिगमनकारी भनेको व्यक्ति सँग निरन्तर छलफल र सरकार गठबन्धनको कुरा हुन्छ ? अब प्रतिगमनकारी ओलि होइन जसपा र तिनका नेताहरु हुन् । त्यस्तै माओवादि केन्द्र पुनःस्थापना भइसकेपपछि पनि नेकपा माओवादि केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिन चाहेको छैन । हिजो एउटै पार्टिमा रहदा अविश्वासले प्रस्ताव समेत पेश गर्न सक्ने आज दुई पार्टि हुँदा किन सर्मथन फिर्ता र अविश्वास प्रस्ताव राख्न सक्दैन  माओवादि केन्द्र ? नेकपाको अध्यक्ष हुँदा केपि ओलि धोकेवाद र प्रतिगनकारी भन्ने अनि अहिले उनलाई दिएको सर्मथन कायम राख्ने यो कस्तो राजनितिक हो  प्रचण्डको ? आखिर के रहेछ सत्ता र प्रतिगमन भनेको, सत्तामा जानलाई प्रतिगमन शब्दको प्रयोग सत्तामा गइसकेपछि राष्टवादि र स्वच्छ छवि हुने । एउटै पार्टि हुँदा सरकार गिराउन अनेक तिकडम अपनाएका अब छुटै पार्टि हुदाँ सत्ताको सर्मथन गर्न यो कुन चाहिँ नैतिकतामा पदर्छ ? नैतिकता भनेर कहिल्यै नथाक्ने प्रचण्ड अहिले सरकारलाई दिएको सर्मथन फिर्ता नलिनु चाहिँ महान नैतिकवान काम हो सरकारको विरोध गर्ने अनि त्यहि सरकारलाई सर्मथन गन यो कस्तो सर्मथन र विरोध हो ,आमचासोको विषय बनेको छ । खालि विरोध मात्र होईन तत्काल सरकारलाई दिएको सर्मथन फिर्ता लिई नयाँ सरकार गठन नै अहिलेको निकास हो । सडक र भाषणले देश चल्नेवाला छैन ।

    प्रतिक्रिया
    थप समाचार