Online Nepal शनिबार, बैशाख २२ २०८१

काँग्रेस सत्ताको लोभमा फस्नु हुँदैन

काँग्रेस सत्ताको लोभमा फस्नु हुँदैन


गणेश खड्का
  • सोमबार, चैत्र १६ २०७७

  • मुलुकको पुरानो लोकतान्त्रीक पार्टि नेपाली काँग्रेस अहिले प्रतिपक्षमा छ । गएको निर्वाचनमा पराजय पछि उ प्रतिपक्षमा पुगेको हो । नेपाली जनताले स्थिर सरकारको लागि नेकपालाई दुई तिहाई मत दिएका थिए । त्यो दुई तिहाई तिन वर्ष पनि टिक्न सकेन। पार्टिको आन्तरिक झगडा र प्रधानमन्त्री केपि ओलीको अंहमताले दुई तिहाई अहिले अल्पमतमा परेको छ । सर्वोच्च अदालतको फैसला पछि नेकपा अहिले माओवादि केन्द्र र नेकपा एमाले बन्न पुगेको छ । संसदमा अहिले कुनै पनि पार्टि बहुमत छैन् र माओवादि केन्द्रले केपी ओलीलाई दिएको समर्थन फिर्ता पनि लिएको छैन । तर फेरी अहिले सबै राजनितिक दलहरु नयाँ सरकारको समिकरणको खेलमा लागीरहेको छन् । फेरी देशमा अस्थिर राजनितिको फोहोरी खेल शुरु भएको छ । अहिले काँग्रेसलाई सत्ताको नेतृत्व गर्नु पर्दछ भनेर माओवादि केन्द्रले दबाव दिइरहेको छ । तर पार्टि सभापति  शेर बहादुर देउवाले सरकारको नेतृत्व गर्न अटेर गरीरहनु भएको छ । कांग्रेसले अहिले सरकारको लोभ गर्ने होइन । आफ्नो पार्टिसँग स्पष्ट बहुमत छैन् । अरुको भरमा सरकारको नेतृत्व गर्दा कतिवेला सरकार गिर्छ थाहै हुँदैन  । नेपाली  जनताले कम्युनिस्ट पार्टिलाई पाँच वर्षका लागी सत्ता सन्चालन गर्न मतदान गरेका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक कामहरु संबिधान विपरित गरीरहेका छन् । संसदमा बिजनेस  दिएको छैन् । सभामुख र प्रधानमन्त्रीको इगो छ । जसले गर्दा संसद बन्धक बनेको छ । यो अवस्थामा कांग्रेस विपक्षीको भुमिका खेल्नु पर्दछ । सदनमा सरकारलाई दवाव दिने र सरकारलाई खरावदारी गर्नै तर कसैको लहलैमा सरकार गठनतिर लाग्नु हुँदैन । आम जनताले कांगेस चाहिन्छ भनेर आवाज उठाउन थालिसकेको छन् । यसबाट के बुझीन्छ भने देशमा कम्युनिस्ट पार्टिले केहि गर्न सक्दैनन् , खाली बिगार्न र भत्काउनै काम मात्र गर्दछ । माओवादि केन्द्रले सरकारलाई दिएकौ समर्थन फिर्ता नलिनु, जसपाको ढुलमुल निति हुनु अहिले सम्म संसदिय दलको नेता चयन गर्न नसक्नु र एमालेमा पनि सत्ताका लागी एक जुट हुनुले कांग्रेसले अहिले सत्ताको लोभ गर्नु हुदैन् । सरकार गठन तिर लाग्यो भने हिजो प्रचण्डले  जसरी कांग्रेसलाई धोका दिइ केपी ओलिलाई समर्थन गर्न पुगेका थिए । फेरी त्यहि नहोला भन्न सकिदैन । अब कांगेसले यो प्रतिगमनकारी ओली सरकारलाई बर्हिगमन तिर पहिला लाग्नु पर्दछ । त्यसपछि जसको नेतृत्वमा गठबन्धन बन्छ त्यहि बिन्दुबाट सरकारको नेतृत्व गर्नु पर्दछ पहिले ओली सरकार बिर्हिगमन हुनुपर्‍यो अनि मात्र गठवन्धनको कुरा अघि सार्दा कांगेसलाई राजनितिक रुपमा फाईदा पुग्छ।

    प्रतिक्रिया
    थप समाचार