Online Nepal शुक्रबार, बैशाख २१ २०८१

प्रधानमन्त्रीको राजीनामा माग्ने होइन, समर्थन फिर्ता लेऊ

प्रधानमन्त्रीको राजीनामा माग्ने होइन, समर्थन फिर्ता लेऊ


मध्यान्तर
  • शुक्रबार, बैशाख ३ २०७८

  • काठमाडौं । नेपाली जनताले नेपालको स्थिर राजनीति र स्थिर सरकारका लागि गत निर्वाचनमा तत्कालीन नेकपालाई दुईतिहाई मत दिए । विगत लामो समयपछि नेपालमा एउटा पार्टीलाई करीव दुईतिहाइ मत प्राप्त भयो । तर त्यो दुईतिहाई मत तीनवर्ष पनि टिक्न सकेन । नेकपा पार्टीभित्रको आन्तरिक द्वन्द्वले कहिल्यै सरकारले दुईतिहाइको अनुभव गर्न पाएन । खाली कोठे र ढोके बैठकमा पार्टीका नेताहरु रमाउन थाले र सरकार गिराउने खेल समेत सुरु भयो । जसको परिणाम संसद विघटन हुन पुग्यो । पछि सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरिसकेपछि पनि नेकपा पार्टी भित्रको आन्तरिक द्वन्द घट्न दिने थिएन । फेरि सर्वोच्चले एमाले र माओवादी पुनस्थापना गरिदियो । अब संसदमा कुनै पार्टीको बहुमत छैन । तर माओवादी केन्द्रको समर्थन चाहिँ रहेको छ । सरकार प्रतिगमन भयो, गैरसंवैधानिक काम ग¥यो भनेर हिजो नेकपा हुँदादेखि नै माओवादी निकट नेताहरुले विरोध गर्दै आएका र प्रधानमन्त्रीको राजीनामा समेत मागिएको थियो । तर प्रधानमन्त्री केपी ओलीले त्यसलाई वास्ता गरेका थिएनन् । आज नेकपा सिंगो पार्टी नभइ पुरानो एमाले र माओवादी भएको छ । अब माओवादीले मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएमा सरकार अल्पमतमा पर्दछ । तर माओवादीले समर्थन फिर्ता लिन चाहँदैन । तर सडकबाट प्रधानमन्त्रीको राजीनामा मागिरहेको छ । दिएको समर्थन फिर्ता लिएपछि सरकारको बहुमत गुम्छ अनि आफैले बहुमतको सरकार बनाए भइहाल्छ नि । अहिले नेपालको राजनीति खाली गाली र तालीमा मात्र चलिरहेको छ । गाली गर्नेले ताली पाउँछ र ताली पाउने नेता बन्छ । यदि प्रधानमन्त्रीको नैतिकता थियो भने आफूले विघटन गरेको संसद पुनस्र्थापना हुँदा राजीनामा दिनुपथ्र्यो तर नैतिकता नभएको ठाउँमा नैतिकता खोजेर कहाँ पाउँनु ? अर्को हिजो पार्टी नेकपा हुँदै राजीनामा मागेका प्रचण्डले आज पाटी छुट्टै हुँदा समर्थन गरिरहने र राजीनामा मात्र माग्ने यो पनि कस्तो नैकिता हो ? अर्कालाई नैतिकता सिकाउने, आफू चाहिँ नैतिकता हुनुपर्दैन । अब माओवादी केन्द्रले प्रधानमन्त्रीको राजीनामा माग्ने होइन समर्थन फिर्ता लिनसक्नु पर्दछ । अनि देशको राजनीतिले एउटा बाटो तय गर्दछ ।

    प्रतिक्रिया
    थप समाचार