Online Nepal बिहिबार, चैत्र १५ २०८०

रविन्द्र अधिकारी अर्जुन वन्ने ?

रविन्द्र अधिकारी अर्जुन वन्ने ?


मध्यान्तर
  • शनिबार, असोज २९ २०७९

  • नारायण आचार्य
    महाभारतको धेरै प्रसंगहरुमा प्रकारान्तरले कौरव कित्तामा लामवद्ध भएका नागरीक मात्र होइन युद्धमा समावेश सैनीक तथा कौरवकै कतीपय सेनापती हरुको समेत प्रतक्ष्य तथा अप्रतक्ष्य रूपमा पाण्डवहरू प्रती नै समर्थन तथा साहानुभुती प्रकट गरेको धेरै प्रसंगहरुमा देखिन्छ ।
    तत्कालीन कौरव ( दुर्योधन ) को सेनापती भीस्मपितामह जव पाण्डव ( अर्जुन ) को वाण वाट घाइते भई सरसैयामा लडदा पनी उनको ( भीस्मपितामह ) अभिव्यक्ती अर्जुन प्रतीनै कृपाभाव थीयो . यस प्रसंगको तात्वीक भाव के देखीन्छ भने समय परिस्थीती तथा परीवेसले जुन सुकै कित्तामा उभिएता पनी यदी फरक धारमा रहेका व्यक्तीत्व नैतिकवान तथा सत्यवादी छन भने फ्लोर क्रसगरी फरक धारका व्यक्तीत्व लाई नै समर्थन गर्नु पर्ने दृष्टान्त महाभारतको यस प्रसंगले उजागर गरेको छ । नेपाल यतीखेर पुन निर्वाचनमय बनेको छ प्रजातान्त्रीक परीपाटीमा निर्वाचनलाई दल तथा उमेदवारको लोकप्रीयताको कसी मापन गर्ने यन्त्र मानिन्छ तर दलीय प्रणालीमा पार्टीमा आवद्ध व्यक्ती सार्वभौम हुदैनन समाजमा लोकप्रीयता हासील गरेता पनी सम्बधीत पार्टीले अनुमती नदीएमा निर्वाचनमा उमेदवार वन्न पाउदैनन तर कतिपय खराव आचरण भएका व्यक्तीले आवश्यकता अनुसार चाकडीवाज लम्पसारवाद तथा आर्थिक मोलमोलाइमा सम्वन्धीत पार्टीवाट उमेदवारी टीकट हत्याउन सफल भएका छन भने कतीपय राजनीतीक पार्टीले हिजो तत्कालीन वाममोर्चाको सहयोगमा नेपाली कांग्रेसको नेत्रृत्वमा भएको २०४६ को आन्दोलनलाई दमन गर्न प्रतीकार समीतीमा वसी कांग्रेस तथा कम्युनिस्ट कार्यकर्तालाई प्रहरी दमन गर्न निर्देशन दिने व्यक्ती हरु कुन पार्टीले आफ्नो उमेदवार बनाएको छ ? आज यो आम जनमानसमा चर्चाको विपय वनेको छ ।
    तत्कालीन समयम कांग्रेसले गरेको आदोलनलाई सहयोग गर्न मेरो घरमा कांग्रेसका नैतिकवान नेता तथा कार्यकर्ता सूर्यभक्त अधिकारी हेमराज कोइराला तीलक सापकोटा पुस्पराज पौडेल आनन्द पौडेल गोविन्द वाग्ले हरी रिजाल आदी लगायत लाई सेल्टर दिइएको थियो तेतीवेला कांग्रेसलाई सहयोग गर्न निकै जोखीम पुर्ण थियो प्रतीकार समीती वाट सादा पोशाकका गुप्तचर प्रहरी लगाएर सूर्यभक्त अधिकारी लाई गिरफ्तार गर्न न्वारन देखीको वल लगाइएको थियो तर तेतीवेलाका युवा राष्ट्रवादी रामु चालीसेको कुटनीतिक प्रयासले गिरफ्तार गर्न सकेनन्
    देसण्यापी रूपमा उक्त आन्दोलन दवाउन तेतीवेला प्रत्येक जिल्लामा जिल्ला प्रतिकार समीती गठन गरिएको थियो र जिल्ला पंचायतको सभापतीलाई दुई वटा अप्सन थिए एउटा पद वाट राजीनामा दिएर आन्दोलनमा होमीने अर्को पद जोगाउन जिल्ला प्रतिकार समीतीको अध्यक्ष वन्ने सोही अनुसार कतीपय जिल्ला सभापतीहरु राजीनामा दिएर आन्दोलनमा होमिएका थिए भने कतीपय सभापति जिल्ला प्रतीकार समीतीको अध्यक्ष बनेका थिए ।
    तत्कालीन समयमा सूर्यभक्त अधिकारी लाई गिरफ्तार गर्नु हुदैन सम्पुर्ण राजवन्दीहरुको रिहाई हुनुपर्छ भन्ने रविन्द्र अधिकारी लाई नै नेकपा एमालेले नवलपुर निर्वाचन क्षेत्र न एक मा प्रदेस सभामा उमेदवार बनाएकोमा आम जनताहरुले अर्थपुर्ण रूपले हेरेका छन गीताको मुल मर्म सर्व धर्मान परिव्यज्य … – अर्थात सम्पूर्ण व्यक्तीगत स्वार्थलाई त्याग गरी केवल देस र जनताको राष्ट्रीय स्वार्थमै केन्द्रीत रहने महान कर्मयोगी रविन्द्र अधिकारीको उमेदवारीले दलीय स्वार्थ वाट वाक्क भएका जनता हरु केही प्रतिशत भएपनी आशाका किरण देखेका छन उनको अर्को वैयक्तिक विशेषता भनेको झुठको राजनीती नगर्नु नै हो । माथी उल्लेखीत महाभारतको प्रसंगमा झुठको राजनीती नगर्ने अर्जुनलाई फरक कित्तामा रहेका भीस्मपितामहको सहयोग भई अर्जुनले युद्ध समेत जीतेका थिए ऐतीहासीक पात्र अर्जुनकै चारीत्रीक गुण भएका रविन्द्र अधिकारीको उमेदवारीले प्रतीकार समीतीको वलमा सूर्यभक्त अधिकारीलाई गिरफ्तार गर्नु पर्छ भन्ने कित्तामा मतदान गर्ने की सूर्यभक्त अधिकारी लाई गिरफ्तार गर्नु हुदैन भन्ने कित्तामा मत दिने भन्ने गम्भीर नैतीक प्रश्न मतदाता माझ खडा भएको छ ।
    यतीवेला उमेदवार रविन्द्र अधिकारीको वैयक्तिक विशेषताकै कारण आफ्नो पार्टीका समुदाय मात्र होइन फरक धारका ठुलो समुदायले समेत भरोसा गरेको राजनीतीक घटनाक्रमले नै देखाउछ ।
    राजनीतिक विश्लेषक तथा पुर्वीय चिन्तक नारायण आचार्य ” अवको गन्तव्य ” उपन्यासका लेखक हुनुहुन्छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार