Online Nepal सोमबार, जेष्ठ ७ २०८१

मलाई मत दिएबापत तपाईँहरूले पछुताउनुपर्ने छैन : सुहाङ नेम्वाङ

मलाई मत दिएबापत तपाईँहरूले पछुताउनुपर्ने छैन : सुहाङ नेम्वाङ


मध्यान्तर
  • मंगलबार, बैशाख १८ २०८१

  • काठमाडौं । इलाम– २ को उपनिर्वाचनमा विजयी भएपछि नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदाताहरूलाई धन्यवाद दिएका छन् ।

    उनले गहिरो विश्वास र भरोसालाई मतमा परिणत गरेर इलामका मतदाताले निर्वाचित गराएको बताएका छन् ।

    उनले आफ्ना स्वर्गीय बुवा सुवासचन्द्र नेम्वाङप्रति श्रद्धा–सुमन व्यक्त गर्दै ‘समृद्ध इलाम स् सुखी इलामेली’को साझा सपना र संकल्प पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    उनले आफूलाई मत दिएबापत कहिल्यै पनि पछुताउनु नपर्ने दाबी गरेका छन् ।

    मंगलबार सामाजिक सञ्जालमा लामो प्रतिक्रिया लेख्दै उनले लेखेका छन्– ‘इलामको माटोको कसम खाएर म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’

    प्रतिक्रिया
    थप समाचार