Online Nepal सोमबार, जेष्ठ ७ २०८१

कोशीमा बजेट अधिवेशन आह्वान

कोशीमा बजेट अधिवेशन आह्वान


मध्यान्तर
  • शुक्रबार, बैशाख २८ २०८१

  • काठमाडौं । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले बजेट अधिवेशन आह्वान गरेका छन्।

    प्रदेश प्रमुख खापुङ्गले वैशाख ३१ गतेका लागि बजेट अधिवेशन आह्वान गरेको प्रदेशका सूचना अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए ।

    ‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेशसभाको पाँचौं अधिवेशन संवत् २०८१ साल वैशाख ३१ गते सोमबार दिनको ११:०० बजे कोशी प्रदेश सभाको सभाहल, विराटनगरमा आह्वान गरेका छन् ।’ सूचनामा उल्लेख छ ।

    आगामी सोमबार बिहान ११ बजे प्रदेश सभा हलमा बैठक बस्नेछ।

     

    प्रतिक्रिया
    थप समाचार