काठमडौँ । प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसले अवरोध गरेको छ।
सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन् ।