Online Nepal सोमबार, जेष्ठ ७ २०८१

सदनमा कांग्रेसको वेल घेराउ, १५ मिनेटका लागि बैठक स्थगित

सदनमा कांग्रेसको वेल घेराउ, १५ मिनेटका लागि बैठक स्थगित


मध्यान्तर
  • शुक्रबार, बैशाख २८ २०८१

  • काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् ।

    आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका हुन् ।

    संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने कांग्रेसको माग छ । सभामुख देवराज घिमिरेले कांग्रेस सांसदको नाराबाजी चलिरहेका बेला राष्ट्रपतिको पत्र पढेर सुनाउन थालेपछि कांग्रेसका सांसद बेल घेराउमा पुगेका हुन् । उनीहरूले पेलेर जान नपाइने बताए ।

    त्यसपछि समामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

    प्रतिक्रिया
    थप समाचार