Online Nepal सोमबार, जेष्ठ ७ २०८१

संसदीय समितीमा पाँच राजदुतको सुनुवाई

संसदीय समितीमा पाँच राजदुतको सुनुवाई


मध्यान्तर
  • बिहिबार, माघ ३ २०७५

  • काठमाडौं । संसदीय समितीमा पाँच जना राजदुतको बारेमा सुनुवाई हुदैछ । सरकारले सिफारिस गरेका पाँच जनाको बारेमा विहिबार अनुमोदनको तयारी गरिएको छ ।

    तर, पाँच जना मध्ये कसैको नाममा पनि उजुरी नपरेपछि सबै जनालाई विहिबार नै अनुमोदन हुनेछन् ।

    बैठकले फ्रान्सका लागि राजदूतमा सिफारिस दीपक अधिकारी, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगाना, थाइल्याण्डका लागि गणेशप्रसाद ढकाललाई राजदूत र मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा नियुक्तीका लागि सुनुवाई गर्न लागेको हो।

    मन्त्री परिषदको ६ पुसको उनीहरुलाई राजदूतमा नियुक्त गर्ने सिफारिस गरी सुनुवाईका लागि संसदीय सुनुवाई विशेष समितिमा पत्राचार गरेको थियो।

    सिफारिसमा परेका राजदूतहरुको विषयमा कुनै उजुरी भएमा पुस २८ गते सम्ममा समितिको कार्यालय तथा देशभरका सवै जिल्ला प्रशासन कार्यालयबाट उजुरी पठाउन सकिने व्यवस्था गरिएको थियो। तर, कुनै पनि व्यक्तिका विषयमा उजुरी नपरेको समितिले जनाएको छ।

    संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि सम्बन्धित देशमा एग्रिमोका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित देशलाई पत्राचार गर्नेछ। सम्बन्धित देशले एग्रिमो पठाएपछि प्रस्तावित राजदुतहरुलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

    प्रतिक्रिया
    थप समाचार