Online Nepal सोमबार, जेष्ठ ७ २०८१

डा.केसीलाई बचाउनुस् प्रधानमन्त्री ज्यू : गगन थापा

डा.केसीलाई बचाउनुस् प्रधानमन्त्री ज्यू : गगन थापा


मध्यान्तर
  • बिहिबार, माघ ३ २०७५

  • काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले डा. गोविन्द केसीलाई बचाउन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग गरेका छन् । उनले डा. केसी ९ दिनदेखि इलाममा आमरण अनसनमा बसेकाले उनको स्वास्थ्य अवस्था कमजोर भइसकेको बताउदै यस्तो भनेका हुन् ।

    यस्तै सांसद थापाले साग गरेका सम्झौता यथासिघ्र कार्यान्वयनका लागि अग्रसरता लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । तर, सरकारले औपचारिक सम्वाद समेत सुरु गरेको छैन ।

    बिहीबार पत्रकार सम्मेलन गरेर पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले चिकित्सा शिक्षा विधेयक अब संसदीय समितिबाट सरकारको हातमा पुगेको बताए । ‘समिति सकियो, अब सरकारको कुरा हो । प्रधानमन्त्रीको एउटा आदेशले डा. केसीसाग भएको सम्झौता अनुसार विधेयक पारित हुनसक्छ,’ उनले भने, ‘सम्झौता बमोजिम विधेयक बनाउन प्रधानमन्त्रीजीले अग्रसरता लिनहुन्छ भन्ने विश्वास छ ।’

    साथै सांसद थापाले आफुले डा. केसी आफ्ने पक्षको भइएकाले माग नगरेको बताउदै उनले उनी न कांग्रेस निकट नत कम्युनिष्ट निकटका रहेको बताएका छन् । साथै उनले डा.केसीलाई काम्युनिस्ट विरोधी र कांग्रेसको विल्ला भिराउनु गलत भएको बताएका छन् ।

    उनले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनसन बस्दै आएको भएपनि सरकारले उनलाई वास्तै नगरेको बताएका छन् ।

    डा। केसीका १६ मध्ये ७ वटा अनसन हुादा कांग्रेस नै सरकारमा रहेको तथ्यांक उनले प्रस्तुत गरे । राजनीतिक दल, अदालत, अख्तियार सबै मिलेर चिकित्सा क्षेत्रलाई ध्वस्त पार्न लाग्दा डा. केसी त्यसको विपक्षमा उभिएको उनले बताए ।

    डा. केसी पटक पटक अनसन बस्नु सबैका लागि लज्जाको विषय भएको भन्दै सांसद थापाले भने, ‘गोविन्द केसी फकिर हुन्, उनको कुनै स्वार्थ छैन । तर, सयौं हठी गोविन्द केसी चाहिएको बेला भएकालाई पनि मार्न तयार भएका हौं ?’

    प्रतिक्रिया
    थप समाचार