Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१
प्रतिनिधी सभा बैठक

प्रधानमन्त्री दिदै सांसदका प्रश्नको जवाफ

प्रधानमन्त्री दिदै सांसदका प्रश्नको जवाफ


मध्यान्तर
  • शुक्रबार, माघ ४ २०७५

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सांसदहरुले राखेका प्रश्नको जवाफ दिने भएका छन् । प्रधानमन्त्री आज १२ बजेको समयमा उत्तर दिने बताईएको छ ।

    बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरेको हो । बैठकमा प्रधानमन्त्रीको विदेश भ्रमणबारे पनि जानकारी गराइने छ ।

    बैठकमा पारमाणविक विधेयक, नेपालको संविधानअनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र जीवनाशक विषादी व्यवस्थापन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश हुनेछ । यसका साथै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत आजको बैठकमा प्रस्तुत हुने जनाइएको छ ।

    प्रतिक्रिया
    थप समाचार