Online Nepal मंगलबार, जेष्ठ ८ २०८१

नेकपा प्रवेश गरेका भुसाललाई फेरी कांग्रेसमै फर्किन परिवारको आग्रह (विज्ञाप्ति सीहत)

नेकपा प्रवेश गरेका भुसाललाई फेरी कांग्रेसमै फर्किन परिवारको आग्रह (विज्ञाप्ति सीहत)


मध्यान्तर
  • सोमबार, माघ ७ २०७५

  • काठमाडौं । नेपाली कांग्रेस त्यागेर नेपाल कम्युनिष्ट पार्टि (नेकपा)मा प्रवेश गरेका चितवनका कांग्रेस नेता तीर्थराज भुसाललाई उनको परिवारले फेरी कांग्रेसमै फर्किा आग्रह गरेको छ । उनी केही दिनअघि मात्र नेकपामा प्रवेश गरेका थिए ।

    नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले उनलाई माला लगाएर पार्टीमा भित्र्याएका थिए । तर, भुषालको पार्टी परिवर्तनले उनको परिवारभित्र भने किचलो पैदा गरेको छ ।

    भुषालकी पत्नी शर्मा देवी भुसाल र परिवारका सदस्यले सार्वजनिक विज्ञप्ति नै जारी गरेर उनकोे नेकपा प्रवेशप्रति विरोध जनाएका छन् । परिवारजनमा सरसल्लाह नगरिकन निर्णय लिएको भन्दै उनलाई नेपाली कांग्रेसमा फर्किन परिवारजनले आग्रह गरेका छन् ।

    ‘पारिवारिक सरसल्लाहबिना लहडका भरमा नेकपा प्रवेश गर्नु आफैंमा राजनीतिक कृतघ्नता र बेइमानी हो, जीवनभर निष्ठा र इमानको राजनीतिमा अडिएका हामी परिवारजनमाथि विश्वासघात हो,’ विज्ञप्तिमा भनिएको छ, ‘आवेशमा गरिएको गलत निर्णय तत्काल सच्याइ नेपाली कांग्रेसमा फर्किन आह्वान गर्दछौं ।’

    चितवन माडी नगरपालिका ५ निवासी तीर्थराज नेपाली कांग्रेस चितवनका कार्यवाहक सभापति, सुकुम्वासी आयोगका अध्यक्ष र निर्वाचित सांसद् समेत बनेका थिए ।

    परिवारका सदस्यहरु नेपाली कांग्रेसमा अझ बढी क्रियाशील भई लाग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा देवीसँगै दुई छोरा, भाइ, दिदी, भतिज, नाति, भान्जीलगायत १२ जनाको हस्ताक्षर छ ।

    प्रतिक्रिया
    थप समाचार