Online Nepal सोमबार, बैशाख १७ २०८१

बेन्च गठनबारे कानुन व्यवसायीले प्रश्न उठाउन मिल्दैन : सरकारी वकिल

बेन्च गठनबारे कानुन व्यवसायीले प्रश्न उठाउन मिल्दैन : सरकारी वकिल


मध्यान्तर
  • आइतबार, जेष्ठ १६ २०७८

  • काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा  सरकारी वकिलले इजलास गठनमा कानुन व्यवसायीले प्रश्न उठाउन नमिल्ने बताएका छन् । संवैधानिक इजलास गठन सम्बन्धमा देखिएको विवादबारे इजलासले नै आइतबार आह्वान गरेको बहसमा सरकार पक्षका वकिलले यस्तो तर्क गरेका हुन् ।

    नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले बेन्च गठनबारे कानुनले नै प्रस्ट भनेको उल्लेख गर्दै यसबारे कानुन व्यवसायीले प्रश्न गर्न नमिल्ने बताए । ‘बेन्च गठनबारे कानुन व्यवसायीले प्रश्न उठाउन मिल्दैन,’ उनले भने, ‘न्यायाधीशमाथिको अविश्वास भनेको अदालतमाथिको अविश्वास हो ।’ यो विषयलाई अदालतले पनि गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए ।

    ऋषि कट्टेलको मुद्दामा निर्वाचन आयोगमा प्रचलित कानुन अनुसार पहिला नै दर्ता भइसकेको पार्टीको नाममा त्यही नामको अर्को पार्टी दर्ता हुन पाउने कि नपाउने भन्ने विषय मुख्य रुपमा उठेको उनले बताए । ‘त्यो मुद्दा र यो मुद्दामा कुनै साइनो छैन,’ उनले भने, ‘नेकपा विभाजनपछि के भयो, त्यसमा अदालत जिम्मेवार हुन्छ र  नाम जोडिँदैमा अर्को मुद्दामा जोड्न मिल्दैन ।’

    प्रतिक्रिया
    थप समाचार