Online Nepal आइतबार, बैशाख १६ २०८१

नेतृत्व तह नै अनुशासनहीन र अराजक : ओली

नेतृत्व तह नै अनुशासनहीन र अराजक : ओली


मध्यान्तर
  • आइतबार, जेष्ठ १६ २०७८

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेता माधवकुमार नेपालप्रति खनिएका छन्।

    नेता नेपालले आफ्नो नेतृत्वको सरकार ढाल्ने गतिविधि गरिरहेकोले उनले असन्तुष्टि जनाएका हुन्। आइतबार नेता नेपालले विपक्षी दलहरूसँग सरकारको कामकारबाहीको विरुद्धको बिज्ञप्तीमा हस्ताक्षर गरेका थिए ।

    ‘आफ्नो सरकारविरूद्ध विश्वासको मत नहाल्ने अर्को सरकार बनाउन त्यहाँ पुग्ने समर्थन गर्न पुग्ने,’ बालुवाटारमा आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालप्रति लक्षित गर्दै ओलीले भने। यसो गरिनु पार्टीको अनुशासनविपरीत भएको ओलीको भनाइ थियो।

    ‘दलीय अनुशासन प्रणाली, संसदीय अनुशासन प्रणाली बेगरका काम भएका छन्। तिनले खाएको सपथ झुठो हो र बैमानी हो,’ ओलीले भने, ‘उनीहरूले खाएको सपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ।’

    उनले नेतृत्व तहबाटै अनुशासनहिन काम भएपछि तल पनि अनुशासन कायम हुन नसक्ने बताए।

    ‘नेतृत्व तह नै अनुशासनहीत र अराजकतामा उत्रिन्छ अनि त्यसलाई गर्वसाथ लिनेर,’ ओलीले प्रश्न गरे, ‘राष्ट्रपतिज्यूकहाँ पुगेर म विरोधका लागि आएको छु भन्नेर सरम छैन’ ।

     

    प्रतिक्रिया
    थप समाचार