Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

एमाले कार्यदलमा सहमति नजिक

एमाले कार्यदलमा सहमति नजिक


मध्यान्तर
  • शुक्रबार, असार २५ २०७८

  • काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको नेताहरुले दावी गरेका छन् । शुक्रबार ७ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको भनाई छ । बैठकपछि कार्यदलका सदस्य एवम् एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिए ।
    ‘केही भाषिक शुद्धता मिलाउनुपर्ने भएकाले भोलि फेरि बैठक बस्ने गरेर आठ घण्टा लामो बैठक सकिएको छ । एमालेको भविष्य के हुन्छ भनेर चिन्ता गरिरहेका कार्यकर्तालाई पार्टी एकता हुन्छ भन्ने कुरामा विश्वस्त हुन आग्रह गर्दछु’ ज्ञवालीले भने-‘आजको बैठकले एकताको आधार तय गरिसकेको छ । भोलिको बैठकले त्यसलाई अन्तिम रुप दिन्छ । विवादमा कसरी सहमति खोजियो भन्ने बारेमा पनि भोलि थाहा पाउनुहुनेछ ।’

    प्रतिक्रिया
    थप समाचार