Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

विपक्षी गठबन्धनविरुद्ध सरकार समर्थित भातृ संगठनहरुले आन्दोलन गर्ने

विपक्षी गठबन्धनविरुद्ध सरकार समर्थित भातृ संगठनहरुले आन्दोलन गर्ने


मध्यान्तर
  • शनिबार, असार २६ २०७८

  • काठमाडौं । सत्तारूढ दल नेकपा एमाले निकट भातृ संगठनहरुले विपक्षी गठबन्धनविरुद्ध आन्दोलन गर्ने भएको छ।  सरकारले निषेधित क्षेत्र तोकेको बानेश्वर चोकबाट सरकारको समर्थन गर्दै विपक्षी गठबन्धनबिरुद्ध युवासंघले सडक प्रदर्शन हुन लागेको हो ।
    अहिले काठमाडौं  उपत्यकामा निषेधाज्ञा छ । निषेधाज्ञामा सडक प्रदर्शन गर्न पाइँदैन’

     पसल, व्यवसाय तथा यातायात क्षेत्र आंशिक रुपमा खोल्न दिएपनि ठूलो मात्रामा भेला हुने क्षेत्रमा रोक लगाएको छ । सभा, सम्मेलन, जुलुस, बिहे भोज जस्ता कार्यक्रम गर्न रोक लगाइरहेका बेला सत्तापक्षले नै निषेधित क्षेत्रबाट सडक प्रदर्शन गर्न लागेको हो ।

    सरकारले कोरोना रोकथाम गर्न भीडभाड हुने सभा, जुलुस निकाल्न रोक लगाएपनि हरेक दिन जसो विभिन्न विषयमा माइतीघर मण्डला लगायतका क्षेत्रमा सडक प्रदर्शन हुँदै आएको छ ।

    प्रतिक्रिया
    थप समाचार