Online Nepal बुधबार, जेष्ठ २ २०८१

एमाले कार्यदलको बैठक सुरु

एमाले कार्यदलको बैठक सुरु


मध्यान्तर
  • शनिबार, असार २६ २०७८

  • काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ ।शनिबार दिउँसो साढे २ बजे बस्ने तय गरिएको बैठक अपराह्न करिब ४ बजेर ५० मिनेटमा मात्र सुरु भएको हो  ।

    माधवकुमार नेपाल समुहका नेताहरु कोटेश्वरबाट फर्किएपछि बैठक सुरु भएको हो । यसअघि, कार्यदलमा नेपाल पक्षबाट संयोजकसमेत रहेका भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायत नेताहरु नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । बैठकस्थलमा उपस्थित भएर पनि उनीहरु बैठक नबसी त्यतातिर लागेका थिए ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरु भने बैठकस्थलमै बसेका थिए ।

    यसअघि, आजै कार्यदलमा ओली पक्षबाट संयोजकसमेत रहेका नेता सुवास नेम्वाङ र सदस्य विष्णु पौडेल तथा संयोजक रावलबीच सिंहदरबारमै केही बेर छलफल भएको थियो । नेताहरुले आज दुई पक्षबीच सहमति हुने बताउँदै आएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार