Online Nepal बुधबार, जेष्ठ २ २०८१

अदालतलाई प्रभाव पार्नेगरी कुनै सहमति हुँदैन : माधव नेपाल

अदालतलाई प्रभाव पार्नेगरी कुनै सहमति हुँदैन : माधव नेपाल


मध्यान्तर
  • आइतबार, असार २७ २०७८

  • काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी कुनै पनि सहमति नहुने बताएका छन् । एकताको प्रयास जारी रहेका बेला नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताए ।

    ‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो’, नेता नेपालले भने । आइतबार बिहान कार्यदलका सदस्यहरुसँगको नेता छलफलमा सो कुरा बताएका हुन् ।

    तर नेता नेपालले सर्वोच्च अदालतको मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिएर सहमति नहुने बताए । अदालतलाई प्रभाव नपार्ने गरी अन्य विषयमा सहमतिको निम्ति तयार रहेको उनले बताए ।

     

    प्रतिक्रिया
    थप समाचार