Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

एमालेले बोलायो स्थायी कमिटी बैठक

एमालेले बोलायो स्थायी कमिटी बैठक


मध्यान्तर
  • आइतबार, असार २७ २०७८

  • काठमाडौं । नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । आज साँझ ४ बजे बस्ने गरी बैठक बोलाइएको एमालेका एक नेताले जानकारी दिएका छन् । एमालेभित्रको विवाद मिलाउनका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी रहेकै बेला एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी समितिको बैठक बोलाएको हो । कार्यदलको बैठक जारी रहेको बेला ओली पक्षले बैठक बोलाउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

    यसअघि, कार्यदलले तयार गरेको सहमतिको मस्यौदालाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेका थिए । मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै माधव नेपालले फिर्ता पठाइदिएका हुन् । नेपालले असहमति जनाएपछि सहमतिका लागि कार्यदल सदस्यहरु पुनस् छलफलमा जुटेका छन् ।​

     

    प्रतिक्रिया
    थप समाचार