Online Nepal बुधबार, जेष्ठ २ २०८१

माओवादी खारेजीको माग निर्वाचन आयोगद्वारा अस्वीकार

माओवादी खारेजीको माग निर्वाचन आयोगद्वारा अस्वीकार


मध्यान्तर
  • आइतबार, असार २७ २०७८

  • काठमाडौं । माओवादी पृष्ठभूमि भएका एमाले नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको भन्दै त्यसको खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिएको निवेदन आयोगले खारेज गरिदिएको छ।

    आइतबारको बैठकले आयोगका एक अधिकारीका अनुसार आयोगको  उक्त निवेदन खारेज गरिदिएको हो।

    आयोगले नेकपा माओवादी केन्द्रले आफ्ना गतिविधि निरन्तर रुपमा आयोगलाई अध्यावधिक गरेकाले माओवादीलाई अवैधानिक ठहर गर्न नसकिएको ती अधिकारीले बताए का छन्।

    माओवादी पृष्ठभूमिका एमाले नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभू साह, मणि थापा, गौरीशंकर चौधरी, लेखराज भट्ट लगायतले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा निवदेन दिएका थिए।

     

    प्रतिक्रिया
    थप समाचार