Online Nepal बुधबार, जेष्ठ २ २०८१

छलफलबारे माधव नेपाललाई बिफ्रिङ गरेर पुनः बैठकबाट फर्किए घनश्याम भुसाल

छलफलबारे माधव नेपाललाई बिफ्रिङ गरेर पुनः बैठकबाट फर्किए घनश्याम भुसाल


मध्यान्तर
  • आइतबार, असार २७ २०७८

  • काठमाडौं । आठ घण्टादेखि नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक बसिरहेको छ । बिहानै सहमतिमा हस्ताक्षर गरेर सहमति पत्र सार्वजनिक गर्ने दाबी गरेको कार्यदल अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन । यसैबीच, बैठक चलिरहेका बेला कार्यदल सदस्य घनश्याम भुसाल एमाले नेता माधवकुमार नेपाललाई भेटेर फर्किएका छन् । उनले नयाँ वानेश्वरस्थित अर्याल होटलमा पुगेर नेता माधवकुमार नेपाललाई भेटेर पुनः बैठकमा फर्र्किएका हुन् ।
    कार्यदल बैठकमा भएको छलफलबारे नेता नेपाललाई ब्रिफिङ गर्न उनी अर्याल होटल पुगेका हुन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहानबाट कार्यदल बैठक बसिरहेको छ ।

    कार्यदल सदस्यहरुले आजको बैठकले सहमतिलाई अन्तिमरुप दिने र सार्वजनिक गर्ने दावी गरेका छन् । शनिबार बसेको कार्यदलको बैठकपछि नेताहरुले आइतबार सहमति भएर सार्वजनिक गरिने बताएका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार