Online Nepal मंगलबार, जेष्ठ १ २०८१

नैतिकता बाँकी छ भने तत्कालै राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

नैतिकता बाँकी छ भने तत्कालै राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई


मध्यान्तर
  • सोमबार, असार २८ २०७८

  • काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्चको फैसला आए लगत्तै पूर्व प्रधानमन्त्री भट्टराईले सर्वोच्चलाई धन्यवाद दिँदै राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

    उनले भने, ‘सर्वोच्चको फैसला सम्मानयोग्य छ । र, यो फैसलासँगै राष्ट्रपति र प्रधानमन्त्रीले आफ्नो नैतिकता गुमाइसकेका छन् । यदि उहाँहरूसँग अलिकति पनि नैतिकता बाँकी छ भने तत्कालै राजीनामा दिनुपर्छ । किनभने उहाँहरूले राष्ट्रपति र प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिकता गुमाइसक्नु भएको छ ।

    प्रतिक्रिया
    थप समाचार