Online Nepal मंगलबार, जेष्ठ १ २०८१

सर्वोच्चले विधिको शासन बचाएको छ : देउवा

सर्वोच्चले विधिको शासन बचाएको छ : देउवा


मध्यान्तर
  • सोमबार, असार २८ २०७८

  • फाईल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनर्स्थापना भएर विधिको शासन बचेको बताएका छन्।

    सोमबार  बुढानिलकण्ठस्थित निवासमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिएका देउवाले अदालत कसैको धम्कीदेखि नडराउने बताए। फैसलाले स्वतन्त्र न्यायपालिका र संविधान बचाएको देउवाको भनाइ थियो। आजै सर्वोच्चले देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

    उनले नयाँ सरकार गठनबारे सोधिएको प्रश्नमा ५ दलमा छलफलपछि निर्णय गरिने बताए। ‘गठबन्धनको बैठक छ, हामी ५ दल सल्लाह गर्दैछौं,’ देउवाले भने।

     

    प्रतिक्रिया
    थप समाचार