Online Nepal बुधबार, जेष्ठ २ २०८१

संविधानको धारा ७६ (५) अनुसार नै प्रधानमन्त्री देउवाले लिए शपथ

संविधानको धारा ७६ (५) अनुसार नै प्रधानमन्त्री देउवाले लिए शपथ


मध्यान्तर
  • मंगलबार, असार २९ २०७८

  • काठमाडौं । ​नवनियुक्त प्रधानमन्त्री देउवालाई संविधानको धारा ७६ (५) अनुसार शपथ लिएका छन्  । शपथ ग्रहण समारोहमा ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालत संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम साथै नेपालको संविधानको धारा ७६(५) अनुसार नेपाली काँग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा आज मिति २०७८ असार २९ गते नियुक्त गर्नु भएको छ,’ भन्ने भाषा प्रयोग गरिएको थियो । यस्तै  देउवा सँगै गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा , कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र उर्जा मन्त्री पम्फा भुषालले पनि शपथ लिएका छन् ।

    प्रतिक्रिया
    थप समाचार