Online Nepal मंगलबार, जेष्ठ १ २०८१

आयोजना नबने देशलाई खर्बौं घाटा हुन्छ : डा. बाबुराम भट्टराई

आयोजना नबने देशलाई खर्बौं घाटा हुन्छ : डा. बाबुराम भट्टराई


मध्यान्तर
  • सोमबार, असोज ४ २०७८

  • काठमाडौँ । बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाले काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिएका छन्।

    मुआब्जा, पुनर्स्थापनालगायतका माग सम्बोधन गर्न माग गर्दै बूढीगण्डकी राष्ट्रिय सरोकार समितिले आजदेखि धर्ना दिएका हुन्।

    धर्नास्थलमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगेका थिए। उनले आयोजना तत्कालै बनाउन सुरू गरिनुपर्ने बताएका छन्।

    कुन रूपमा आयोजना बन्ने हो भन्ने अनावश्यक बखेडा झिकेर काम गर्न ढिलो गर्नु दुखद छ। म लज्जा व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘हाम्रो समर्थनसहित बनेको यो गठबन्धन सरकारले परियोजनाको काम थालोस्। जनसमुदायका माग सम्बोधन गरोस्।’

    उनले आयोजना बनाउँदा विस्थापित हुनेहरूलाई पुनर्स्थापना गरिनुपर्ने पनि बताएका छन् । ‘दशौं हजार प्रभावित हुन्छन्। जनतालाई विस्थापित गर्ने होइन,’ उनले भने, ‘टाढाबाठालाई मात्रै विकास होइन स्थानीय जनतालाई पनि विकास चाहिने हो।’

    ‘केपी ओलीकै जस्तो गैरजिम्मेवार हुनु हुन्न। सरकारले वार्ता गरेर जायज माग पूरा गरोस्,’ उनले भने, ‘आयोजना बनाउन ढिला गर्नु भनेको आयोजना नबन्नु हो। यो देशका लागि खर्बौंको घाटा हो।’

     

    प्रतिक्रिया
    थप समाचार