Online Nepal मंगलबार, जेष्ठ १ २०८१

राष्ट्रिय सभाको बैठक बिहिबार सम्मका लागी स्थगित

राष्ट्रिय सभाको बैठक बिहिबार सम्मका लागी स्थगित


मध्यान्तर
  • मंगलबार, असोज ५ २०७८

  • काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा गर्न प्रमुख प्रतिपक्ष एमालेले माग गरेको छ । राष्ट्रिय सभाको बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका हुन् ।

    मंगलबारको राष्ट्रिय सभाको बैठकमा सांसद श्रेष्ठले बैठक अवरुद्ध गर्ने क्रममा भने, कुर्सीको गरिमा जोगाउनुपर्छ । तत्काल उहाँले एउटा निकास दिनुपर्छ भनेका छौं, त्यो भनेको राजीनामा हो ।

    राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बस्न आग्रह गरेका थिए । उनले भने, आफ्नो कुरा पर्याप्त समय लिएर राख्नुभएको छ । बसेर सदनलाई अगाठडि बढाउँ त्यो सबैभन्दा सुन्दर हुन्छ ।

    एमालेले विरोध जारी राखेपछि अध्यक्ष तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिएका थिए ।

    विनियोजन विधेयक राष्ट्रिय सभामा पेस भएपछि बैठक स्थगित भएको छ । अर्को बैठक बिहिबार २ बजे बस्नेगरी स्थगित भएको छ ।

    प्रतिक्रिया
    थप समाचार