Online Nepal मंगलबार, जेष्ठ १ २०८१

हामी अतिथि लोकतन्त्रवादी होइनौं : अध्यक्ष ओली

हामी अतिथि लोकतन्त्रवादी होइनौं : अध्यक्ष ओली


मध्यान्तर
  • मंगलबार, असोज ५ २०७८

  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि नेपाली कांग्रेसका नेताको भन्दा कम त्याग आफूहरुले नभएको बताएका छन् ।

    मदन मण्डारीको जीवन पुस्तक श्वेतशार्दुल विमोचन कार्यक्रममा ओलीले आफूहरु रैथाने लोकतन्त्रवादी भएको बताए ।

    उनीभन्दा अगाडि बोलेका पूर्वसभामुख दमननाथ ढुंगानाले कम्युनिस्टहरुले पावर केन्द्रित गर्छन् भनेका थिए । त्यसमा असहमति जनाउँदै ओलीले भने, ‘अरुले ल्याइदिएको डेमोक्रेसीमा हामी सहभागी भएका होइनौं, हामीले रगत पसिना बगाएर ल्याएको हो ।’

    उनले अघि भने, ‘हामी अतिथि लोकतन्त्रवादी होइनौं, रैथाने लोकतन्त्रवादी हौं । लोकतन्त्रका लागि नेपाली कांग्रेसका कुनै नेताले भन्दा कम सेक्रिफाइज गरेका छैनौं ।’

     

    प्रतिक्रिया
    थप समाचार