Online Nepal मंगलबार, जेष्ठ १ २०८१

अरू पार्टी बिग्रेर हामी राम्रो बन्ने होइन : रामचन्द्र पौडेल

अरू पार्टी बिग्रेर हामी राम्रो बन्ने होइन : रामचन्द्र पौडेल


मध्यान्तर
  • बिहिबार, असोज ७ २०७८

  • काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको बताए।

    १४ औं महाधिवेशनमा कार्यकर्ताले सही नेतृत्व छान्न सक्ने हो भने अहिलेको जस्तो अलमलको अवस्थामा नरहने उनको दाबी रहेको थियो।

    ‘महाधिवेशन सामुन्ने आइसकेको छ, पार्टीलाई कस्तो नेतृत्व दिने भन्ने यो महाधिवेशनले तय गर्नुपर्छ। पार्टीका नेता र कार्यकर्तालाई नेतृत्वले मूल्यांकन गर्न सकेन भन्ने गुनासो छ तर अब कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्न जरूरी भइसकेको छ,’ पौडेलले भने।

    ‘नेताले कार्यकर्ता मूल्यांकन गर्ने मात्र होइन अब कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको छ। महाधिवेशनकै बेला सही नेतृत्व दिन सके अहिलेको जस्तो अलमलको अवस्थामा पार्टी रहँदैन,’ उनले भने।

    उनले कम्युनिष्ट पार्टी फुटेर कांग्रेस बलियो हुने नभई आन्तरिक लोकतन्त्रलाई नै सुदृढ गरेर पार्टीलाई बलियो बनाउनुपर्ने बताएका छन् । ‘अरू पार्टी बिग्रेर हामी राम्रो बन्ने होइन, पार्टीलाई लोकप्रिय बनाउने काममा खटेर लाग्नुपर्छ,’ उनले भने।

     

    प्रतिक्रिया
    थप समाचार