Online Nepal सोमबार, बैशाख १७ २०८१

एमालेको मतदान सकियो,आजै मतपरिणाम आउने

एमालेको मतदान सकियो,आजै मतपरिणाम आउने


मध्यान्तर
  • मंगलबार, मंसिर १४ २०७८

  • काठमाडौं ।नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका छन् ।

    तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी रहेको छ । निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा छ । निर्वाच समितिका अनुसार आजै मतपरिणाम आउने जानाएको छ ।

    चितवनको सौराहमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि निर्वाचन भएको हो । सबैभन्दा पहिले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदान सुरु गरेका थिए । अध्यक्षमा ओली र भीम रावल उम्मेदवार छन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार