Online Nepal बुधबार, जेष्ठ २ २०८१

दक्षिण अमेरिका देश चिलीमा ३५ वर्षका ग्राब्रिएल बोरिक राष्ट्रपतिमा निर्वाचित

दक्षिण अमेरिका देश चिलीमा ३५ वर्षका ग्राब्रिएल बोरिक राष्ट्रपतिमा निर्वाचित


मध्यान्तर
  • सोमबार, पुष ५ २०७८

  • काठमाडौं । दक्षिण अमेरिका देश चिलीमा बामपन्थी उम्मेद्वार ग्राब्रिएल बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका छन् । अति दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टले हार स्वीकार गरेपछि राष्ट्रपतिय चुनावमा जीत हासिल गरेका हुन् । विश्ककै कम उमेरका नेताहरुमध्ये एक ३५ वर्षीय बोरिक चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति भएका छन् ।
    कास्टले मतदान सकिएको साढे एक घण्टापछि र मतपत्र गणना आधा बाँकी नै रहँदा आफ्नो हार स्वीकार गरेका थिए ।
    गनिएको करिब आधा मतपत्रमा बोरिकले ५६ प्रतिशत मत पाएका थिए । यता कास्टले भने ४४ प्रतिशत मत पाएका थिए ।

    सन् २०१९ र २०२० मा चिलिमा असमानता र भ्रष्टाचार विरोधमा सरकारी विरोधका प्रदर्शनपछि निर्वाचन भएको हो ।
    दुबै उम्मेद्वारले देशका लागि एकदम फरक दृष्टिकोण प्रस्ताव गरे र यी दुबै राजनीतिक दलको प्रतिनिधित्व गर्ने बाहिरी व्यक्ति हुन् जो कहिल्यै सरकारमा रहेनन् ।

    बोरिकले चिलीको निवृतभरण र स्वास्थ्य प्रणालीमा सुधार ल्याएर, सातामा ४५ देखि ४० घन्टाको काम घण्टा निर्धारण गर्ने र हरित लगानी प्रवद्र्धन गरी असमानता हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार