Online Nepal बुधबार, जेष्ठ २ २०८१

कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यको १३६४ मतगणना ,डिला संग्रौलाको अग्रता

कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यको १३६४ मतगणना ,डिला संग्रौलाको अग्रता


मध्यान्तर
  • सोमबार, पुष ५ २०७८

  • काठमाडौं । नेपाली कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यको १३६४ मतगणना गरेको छ। जसमा डिला संग्रौला अगाडि छिन्। संग्रौलाले ८२५ मत ल्याएकी छन्। मतगणना जारी छ।

    साथै पुष्पा भुसालले ८०२ र आरजु राणा देउवाले ७२८ मत ल्याएका छन्। खुला महिलातर्फ ९ जनाका लागि ३० जना चुनावी मैदानमा उत्रिएका थिए।

    अम्बिका बस्नेतले ६५८ मत ल्याएकी छन्। ईश्वरी न्यौपानेले ६४० मत ल्याउँदा सरिता प्रसाईंले ६२४ मत ल्याएकी छन्।

    निर्वाचन समितिले दिएको जानकारीअनुसार रमा कोइरालाले ५२९, सुशीला ढकालले ५१९ र अनिता देवकोटाले ५१३ मत ल्याएकी छन्।

    खुला केन्द्रीय सदस्य गणना सकेर खुला महिला केन्द्रीय सदस्यतर्फ गणना गरिएको हो। करिब चार हजार छ सय मत खसेकोमा अहिलेसम्म जम्मा १३६४ मत मात्रै गणना गरिएको छ।

     

    प्रतिक्रिया
    थप समाचार