Online Nepal बुधबार, जेष्ठ २ २०८१

गठबन्धनभित्र एमसीसीको साझा सहमति बनाउनुपर्छ : बाबुराम भट्टराई

गठबन्धनभित्र एमसीसीको साझा सहमति बनाउनुपर्छ : बाबुराम भट्टराई


मध्यान्तर
  • सोमबार, पुष ५ २०७८

  • काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले  एमसीसी सम्झौतामा गठबन्धनभित्र साझा सहमति बनाउनुपर्ने बताएका छन् ।

    सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा उनले एमसीसीको विषयमा गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसकेमा गठबन्धन भत्काउने खेल शुरु हुने र पुनः प्रतिगमन हुने खतरा रहेको बताए ।

    ‘अहिले भर्खरै चर्चामा आएको एमसीसीको जुन मुद्दा छ । यस्ता मुद्दामा कमसे कम गठबन्धनका घटकबीच सहमति जुटाएर अगाडि बढ्न सकेनौं भने यही बहनामा भित्री बाहिरी शक्तिले खेलेर गठबन्धन तोडिदिने, त्यसपछि फेरि अर्को ढंगले प्रतिगमन आउने खतरा छ’ उनले भने ।

     

    प्रतिक्रिया
    थप समाचार