Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

केपी ओली जस्तो धुन्धुकारी व्यक्ति हामीले भोग्नुपरिरहेको थियो : माधव नेपाल

केपी ओली जस्तो धुन्धुकारी व्यक्ति हामीले भोग्नुपरिरहेको थियो : माधव नेपाल


मध्यान्तर
  • सोमबार, पुष ५ २०७८

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीलाई चिन्नै नसक्ने पुष्पकमल दाहाल सोझो भएको बताएका छन् ।

    सोमबार समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमन विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    “प्रचण्ड सोझो हुनुुहुँदो रहेछ,” उनले भने, “केपी ओलीलाई चिन्नै सक्नुभएन । म त हत्तु भएर बसेको मान्छे । अब मेरो पालो भन्नुपर्छ नि, आलोपालो भनेपछि त मेरो पालो हो भन्नुपर्छ नि । उहाँलाई पनि केपी ओलीले सहन सकेनन् ।”

    उनले केपी ओलीले त्यो व्यवहार २०७२ सालमा पनि देखाएको बताए । केपी ओली प्रधानमन्त्री पद छाड्नुपरेमा कुर्सी भाँच्ने धुन्धुकारी व्यक्ति भएको बताए ।

    “यस्तो धुन्धुकारी व्यक्ति हामीले भोग्नुपरिरहेको थियो,” उनले भने ।

     

    प्रतिक्रिया
    थप समाचार