Online Nepal बुधबार, जेष्ठ २ २०८१

माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री निर्वाचित

माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री निर्वाचित


मध्यान्तर
  • मंगलबार, पुष ६ २०७८

  • काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा पौडेलले प्रतिद्वन्द्वी दिनानाथ गौतमलाई पराजित गरेका हुन् । पौडेलले १६२ मत ल्याउँदा गौतमले ८६ मत मात्र ल्याउन सके ।
    त्यस्तै उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी विजयी भएका छन् । उपाध्यक्ष पदमा १० जना उम्मेदवार रहेका थिए ।  सचिवमा इन्द्र बहादुर थिङ निर्वाचित भएका छन् । तीन पद रहेको सहसचिव पदमा दलबहादुर बुर्लाकोटी, माधव प्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएकी छन् ।

    प्रतिक्रिया
    थप समाचार