Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

माओवादी राष्ट्रिय सम्मेलनमा १,५३३ प्रतिनिधि सहभागी हुने

माओवादी राष्ट्रिय सम्मेलनमा १,५३३ प्रतिनिधि सहभागी हुने


मध्यान्तर
  • बुधबार, पुष ७ २०७८

  • काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ प्रतिनिधि हुने भएका छन् । पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेनलमा विभिन्न क्षेत्रबाट ती प्रतिनिधि चयन भएर आउने माओवादी केन्द्रका एक सदस्यले जानकारी दिएका छन्।

    उनका अनुसार प्रदेशबाट प्रतिनिधित्व गर्ने संख्या ८ सय ३ हुने छ । त्यस्तै आयोजकका तर्फबाट १ सय ७९ हुने छन् । त्यस्तै सल्लाहकारबाट १ सय ४९ हुने छन् ।

    केन्द्रीय प्रतिनिधि २७ जना हुने छन् भने ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १ सय २५ जना प्रतिनिधि हुने छन् । जम्मा प्रतिनिधिको ५ प्रतिशत ७३ जना मनोनीत हुने छन् । केन्द्रीय विभागबाट १ सय २ र आयोगबाट ७५ जना प्रतिनिधि हुनेछन् ।

     

    प्रतिक्रिया
    थप समाचार