Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

राष्ट्रिय सम्मेलनबाट क्रान्तिकारी विचार निर्माण र क्रान्तिकारी पार्टी निर्माण गर्छौं : महरा

राष्ट्रिय सम्मेलनबाट क्रान्तिकारी विचार निर्माण र क्रान्तिकारी पार्टी निर्माण गर्छौं : महरा


मध्यान्तर
  • बुधबार, पुष ७ २०७८

  • काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पुस ११ देखि काठमाडौंमा सुरू हुने माओवादीको राष्ट्रिय सम्मेलन दुई विषयमा केन्द्रीत हुने बताएका छन्। बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महराले यो माओवादीको महाधिवेशन नभएको स्पष्ट पारेका छन्।

    ‘यो महाधिवेशन होइन, त्योभन्दा सानो राष्ट्रिय सम्मेलन हो,’ महराले भने,‘यो सम्मेलनबाट हामी मुख्य दुई काम गर्छौं क्रान्तिकारी विचार निर्माण र क्रान्तिकारी पार्टी निर्माण।’

    क्रान्तिकारी विचार निर्माणअन्तर्गत शान्ति प्रक्रियामा आएपछि पार्टीले लिएका नीतिहरूको विषयमा गम्भीर समीक्षा हुने उनले बताएका छन्। त्यस्तै नयाँ क्रान्तिकारी पार्टी निर्माणका लागि के गर्नु पर्छ भन्नेबारे पनि राष्ट्रिय सम्मेलनमा बहस उनले बताए।

    ‘हामी २०६४ सालमा सबैभन्दा ठूलो पार्टी थियौं। त्यसबीचमा हामीले अरू पार्टीसँग पनि सहकार्य गर्‍यौं। अहिले हामी किन यो अवस्थामा छौं भन्ने गम्भीर समीक्षा हुन्छ,’ महराले भने, ‘अर्को कुरा हामीले क्रान्तिको बाँकी रहेको कार्यभार पनि पूरा गर्नुछ। त्यसका लागि अरू पार्टी जस्ता छन्, हामीले त्यस्तै पार्टी बनाएर हुँदैन। नयाँ पार्टी बनाउन के गर्नुपर्छ भनेर हामी छलफल गर्छौं।’

     

    प्रतिक्रिया
    थप समाचार