Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक पुस १० गते बस्ने

कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक पुस १० गते बस्ने


मध्यान्तर
  • बिहिबार, पुष ८ २०७८

  • काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेसका एक नेताले हालै सम्पन्न महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक शनिबार बस्ने जानकारी दिएका छन् ।

    उनले आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्ने र शुक्रबार (भोली) निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने र पुस १० गते शनिबार केन्द्रीय समितिको बैठक बस्ने तयारी भइरहेको बताएका छन् ।

    आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ । मंसिर २४ २७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो ।

    बुधबारसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक १३ पदाधिकारीसहित ९७ पदमध्ये संस्थापन समूहले दुई तिहाइ बढी पदमा जित हासिल गरेको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार