Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

प्रधानन्यायाधीश जबरा उहाँकै चाहनाअनुसार संसदबाट बहिर्गमन हुन्छन् : श्रेष्ठ

प्रधानन्यायाधीश जबरा उहाँकै चाहनाअनुसार संसदबाट बहिर्गमन हुन्छन् : श्रेष्ठ


मध्यान्तर
  • बिहिबार, पुष ८ २०७८

  • काठमाडौँ । नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लाग्नसक्ने संकेत गरेका छन्।

    सर्वोच्च अदालतमा बार एसोसियसनको नियमित विरोध कार्यक्रमपछि बिहीबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमनका लागि बारले राखेको प्रस्तावमा राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण भएको संकेत पाएको बताएका हुन्।

    प्रधानन्यायाधीशले चाहेजस्तै गरी संसदमा प्रधानन्यायाधीशको बर्हिगमनको सम्बन्धमा छिट्टै छलफल हुने र निष्कर्ष निस्कने अध्यक्ष श्रेष्ठले जिकिर गरेका छन्।

    ‘न्यायपालिकाको गरिमा कायम राख्नको लागि, न्यायपालिका निष्पक्ष, स्वच्छ, स्वतन्त्र बनाउनको लागि सरकारदेखि लिएर प्रतिपक्षसम्मले विशेष पहल, भूमिका निर्वाह गर्नुपर्दछ भन्ने हामीले आवाज उठाउँदै आएका छौँ। यसतर्फ दलका नेताज्यूहरुले ध्यान दिनुभएको हो कि भन्ने संकेत हामीले पाएका छौँ’, उनले भने, ‘चोलेन्द्र शमशेरको आगमन अदालतमा जति दिन हुन्छ त्यति दिनसम्म नै न्यायपालिकाको आस्था तल जाँदै गर्छ। उहाँले चाहेअनुसारको बर्हिगमन गराउने एउटा अर्को बाटो छ संसद। अहिले हाउस चलिराखेको हुनाले त्यहाँ छलफल हुने नै छ। छिट्टै छलफल हुन्छ। त्यहाँबाट एउटा निष्कर्ष निस्कन्छ।’

    अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा नआउञ्जेलसम्म बार एसोसियसनले गरेको विरोधको कार्यक्रम जारी रहने बताएका छन्।

    प्रतिक्रिया
    थप समाचार