Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

कांग्रेसको आदिवासी जनजातितर्फ खुला केन्द्रीय सदस्यमा देउवा प्यानलबाट ८ जनामा ७ जना विजयी

कांग्रेसको आदिवासी जनजातितर्फ खुला केन्द्रीय सदस्यमा देउवा प्यानलबाट ८ जनामा ७ जना विजयी


मध्यान्तर
  • बिहिबार, पुष ८ २०७८

  • काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजातितर्फ खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । ८ जना निर्वाचित हुने सो क्लष्टरमा श्रेष्ठसहित ७ जना सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट विजयी भएका छन् ।

    यो क्लष्टरबाट राज्यमन्त्री उमेश श्रेष्ठ , बहादुरसिंह लामा , दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङगेलु शेर्पा, तारामान गुरुङ , र टेकप्रसाद गुरुङ केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

    निर्वाचित ८ जना मध्ये टेकप्रसाद मात्रै कोइराला प्यानलका हुन् ।आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेका चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठ भने नवौं स्थानमा रहँदै पराजित भएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार