Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

कांग्रेसको नवनिर्वाचित सबैलाई आज प्रमाणपत्र बितरण हुँदै

कांग्रेसको नवनिर्वाचित सबैलाई आज प्रमाणपत्र बितरण हुँदै


मध्यान्तर
  • शुक्रबार, पुष ९ २०७८

  • काठमाडौं । कांग्रेसको १४औं महाधिवेशन अन्तरगत केन्द्रीय कार्यसमिति चयनका लागि १० दिनपछि मतगणना सकिएको छ ।

    बिहीबार अबेर सम्पूर्ण मतगणना सकेर नतिजा सार्वजनिक गरेको निर्वाचन समितिले नवनिर्वाचित सबैलाई आज शुक्रबार प्रमाणपत्र दिने कार्यक्रम राखेको छ ।

    आज नवनिर्वाचित सबैलाई प्रमाणपत्र दिन नेताहरूको वरिष्ठता सूची तयार पारिनेछ र पदभार ग्रहणको कार्यक्रम पनि आजै गरिनेछ । त्यस्तै, १४औं महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक भोलि शनिबार बस्ने गरी तयारी भइरहेको छ ।

    एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीसहित १ सय ३४ जना केन्द्रीय सदस्य महाधिवेशनले निर्वाचित गर्नुपर्ने व्यवस्थाबमोजिम १० दिनअघि मतदान भएको थियो । सभापतिका लागि भने पहिलो चरणमा कुनै पनि उम्मेदवारको ५० प्रतिशतभन्दा बढी मत नआएकाले दोस्रो चरणको निर्वाचन गर्नुपरेको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार