Online Nepal बिहिबार, बैशाख २० २०८१

वावुराम भट्टराईको वाम गठवन्धनमा रि इन्ट्री हुने संकेत, उपेन्द्र यादव पनि मिसिने

वावुराम भट्टराईको वाम गठवन्धनमा रि इन्ट्री हुने संकेत, उपेन्द्र यादव पनि मिसिने


मध्यान्तर
  • सोमबार, पुष १७ २०७४

  • वाम गठबन्धनका नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई साथमा लिएर अघि बढ्ने तयारी गरेको नयाँ खुलासा भएको छ। एमाले अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहित मधेशकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको स्रोतको दाबी छ ।

    यतिमात्रै नभएर केही दिन अघि ओलीलाई भेट्न पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक बाबुराम बालकोट पुगेका थिए । बाबुरामको उक्त भेटलाई पनि अर्थपूर्ण रुपमा लिईएको छ । नयाँ सरकार गठनको बेला बाबुरामले पनि ओलीलाई समर्थन गर्ने बुभिएको छ ।

    एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरु सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला ओली–प्रचण्डले अन्य दल खासगरी उपेन्द्र नेतृत्वको फोरमलाई पनि समेट्न गृहकार्य गरेका छन्।

    वाम गठबन्धनका प्रमुख नेताहरुको सल्लाहमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमलाई सँगै लिएर जानु आवश्यक भएको बताउँदै यसले मुलुकको समृद्धि र सरकारको प्रभावकारितामा बल प्रदान गर्ने स्पष्ट गरेका छन् । प्रदेश नं २ मा मधेश केन्द्रित दलले जितेको अवस्थामा उनीहरुप्रति आफूहरुले मिलेर काम गर्ने सन्देश दिनका लागि संवाद गरेको बताए। यस विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओली र फोरमका अध्यक्ष उपेन्द्र यादवबीच एक चरण भेटवार्ता भइसकेको खुलासा भएको छ।

    दुई वाम दलको चुनावी गठबन्धनले सुविधाजनक बहुमत ल्याएपछि नेताहरुको जिम्मेवारी बाँडफाँड र सैद्धान्तिक आधारका विषयमा सहमति खोज्न गृहकार्य जारी छ। उनले पार्टी एकताका लागि दुई पार्टीबीचका कार्यदलबाट आउने सुझावबमोजिम साझा सैद्धान्तिक विचार र कार्यक्रम तय हुने जनाए। दुई पार्टीबीच गत असोज १७ मा पार्टी एकता र चुनावी तालमेलको घोषणा भएको थियो।

    प्रतिक्रिया
    थप समाचार