Online Nepal सोमबार, जेष्ठ ७ २०८१

सत्ता गठबन्धनबाट आक्रमण भइरहेको छ : ओली

सत्ता गठबन्धनबाट आक्रमण भइरहेको छ : ओली


मध्यान्तर
  • शुक्रबार, बैशाख ३० २०७९

  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका क्रममा पाँचदलीय सत्ता गठबन्धनबाट कतिपय ठाउँमा आक्रमण भइरहेको बताएका छन् ।

    शुक्रबार भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गरेपछि उनले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का तर्फबाट कतिपय ठाउँमा आक्रमण गरिएको बताए ।

    “बडो उत्साहका साथ सहभागिता रहेको छ । अत्यन्तै राम्रो उत्साह छ । केही ठाउँमा गठबन्धनका तर्फबाट आक्रमण गर्ने काम भइरहेको छ,” ओलीले भने, “यो दुखःद कुरा हो । एउटा पार्टीले जित्छ कि जित्दैन भन्ने होइन ।”

    प्रतिक्रिया
    थप समाचार