Online Nepal सोमबार, जेष्ठ ७ २०८१

मनाङमा कांग्रेस/एमाले एक/एक गाउँपालिकाको अध्यक्षमा बिजयी

मनाङमा कांग्रेस/एमाले एक/एक गाउँपालिकाको अध्यक्षमा बिजयी


मध्यान्तर
  • शुक्रबार, बैशाख ३० २०७९

  • काठमाडौं । स्थानीय तह निर्वाचनमा मनाङका चारमध्ये एमाले र कांग्रेसले एक/एक गाउँपालिकाको अध्यक्ष जितेका छन् । दुई गाउँपालिकाको नजिता आउन बाँकी छ ।  नेपाली कांग्रेसले नार्पाभूमि गाउँपालिका र एमालेले चामे गाउँपालिकाको अध्यक्ष जितेको हो ।

    नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भए । लामाले १५८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार कृष्ण लामाले १११ मत पाए ।

    यस्तै, चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भए । यसअघि पनि गाउँपालिकाको नेतृत्व गरेका घलेले कांग्रेसका छिरिङ ध्वर्जे लामालाई ४१ मतले पछि पारे । घलेले ३ सय २० मत ल्याउँदा लामाले २ सय ७९ मत ल्याए ।

    चामे गाउँपालिकाको उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भइन् । उनले ३ सय २५ मत ल्याएकी छिन्  ।

    प्रतिक्रिया
    थप समाचार