Online Nepal सोमबार, जेष्ठ ७ २०८१

काठमाडौँ महानगरपालिकाको मतगणना सुरु

काठमाडौँ महानगरपालिकाको मतगणना सुरु


मध्यान्तर
  • शनिबार, बैशाख ३१ २०७९

  • काठमाडौं । काठमाडौँ महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभा गृहमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो । वडा नम्बर १ र ३२ बाट मतगणना सुरु गर्ने निर्वाचन कार्यलयले जनाएको छ।

    महानगरको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन, मतदाताको सुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ । काठमाडौँमा कूल ३ लाख २४२ मतदाता रहेका छन् ।

     

     

    प्रतिक्रिया
    थप समाचार