Online Nepal सोमबार, जेष्ठ ७ २०८१

सोलुखुम्बुमा कांग्रेस र माओवादी कार्यकर्ता बीच झडप हुँदा एक युवकको मृत्यु

सोलुखुम्बुमा कांग्रेस र माओवादी कार्यकर्ता बीच झडप हुँदा एक युवकको मृत्यु


मध्यान्तर
  • शनिबार, बैशाख ३१ २०७९

  • काठमाडौं । सोलुखुम्बुको सोताङमा कांग्रेस र माओवादी कार्यकर्ता बीच झडप हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ ३ का माओवादी कार्यकर्ता ३५ वर्षीय सुदीप राई रहेको प्रहरीले जनाएको छ ।

    मतदानको क्रममा एक वृद्धाको विवाद उत्पन्न भएको थियो । दमको रोगी वृद्धालाई जबरजस्ती मतदान गराउन लगेकाले मृत्यु भएको भन्दै कांग्रेसले माओवादीलाई आरोप लगाएपछि विवाद बढेको थियो । विवादको क्रममा झडप हुँदा आफ्ना कार्यकर्ताको मृत्यु भएको नेकपा माओवादी केन्द्र सोलुखुम्बु जिल्ला अध्यक्ष असिम राईले जानकारी दिए ।

     

     

    प्रतिक्रिया
    थप समाचार