Online Nepal सोमबार, जेष्ठ ७ २०८१

मनाङको ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका कान्छा घले विजयी

मनाङको ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका कान्छा घले विजयी


मध्यान्तर
  • शनिबार, बैशाख ३१ २०७९

  • काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार सम्पन्न मतगणना अनुसार गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उमेदवार विजयी भएका हुन् ।

    जिल्ला निर्वाचन कार्यलयका अनुसार गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले ८६१ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार छिरिङ ओङमा गुरुङ घलेले ७१३ मत ल्याइन् ।
    उपाध्यक्षमा स्वतन्त्र उमेदवार छिरिङ गुरुङ ७४४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उमेदवार रिन्जेन धोर्जे गुरुङले ७१९ मत ल्याए । स्वतन्त्र उमेदवार गुरुङलाई नेकपा एमाले सहयोग गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार