Online Nepal मंगलबार, बैशाख २५ २०८१

जिसस रुकुममा माओवादी केन्द्र प्यानल नै निर्वाचित

जिसस रुकुममा माओवादी केन्द्र प्यानल नै निर्वाचित


मध्यान्तर
  • शनिबार, जेष्ठ २८ २०७९

  • काठमाडौं । जिल्ला समन्वय समिति रुकुममा माओवादी केन्द्रले प्यानल नै जितेको छ । ६ पालिका रहेको रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रले चार ठाउँमा जितेको छ । दुई ठाउँमा कांग्रेसले जित हात पारेको छ । बहुमत जितेको माओवादी जिल्ला समन्वय समितिमा समेत एकलौटी गरेको छ । प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिंगो प्यानल निर्विरोध निर्वाचित भएको छ । जिसस प्रमुखमा निर्वाचित गौतम अर्थमन्त्री जनार्दन शर्माकी बहिनी हुन् ।
    उनी माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष विमला केसीकी नन्द हुन् भने उनका श्रीमान गोरखबहादुर केसी आठबिसकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन् ।

    माओवादी केन्द्रको एकल जिल्ला समन्वय समिति बन्ने रुकुममा माओवादीका प्रभावशाली नेताहरुले नै आफन्तलाई प्रमुखको टिकट दिलाउँदै निर्विरोध चयन गर्न भूमिका खेलेका हुन । अन्य दलले जिससमा उम्मेदवारी नदिएका कारण उनीहरु निर्विरोध निर्वाचित भएका हुन् तर घोषणा हुन भने बाँकी रहेको छ । चुनाव ३१ गते तोकिएको छ ।

     

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार